सि.जी. ब्राण्डको जाडोका सामाग्रीहरू बजारमा

सि.जी. ब्राण्डको जाडोका सामाग्रीहरू बजारमा


नेपालको उत्कृष्ट ब्राण्ड सिजीले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै विभिन्न किसिमका जाडोको घरायसी सामाग्रीहरू बजारमा ल्याएको छ ।

सि.जी.ले सम्पूर्ण उपभोक्ताहरूमा न्यानो सम्बन्ध राखी जाडोमा जीवन सरल र सहज बनाउने घरायसी सामानहरू, जस्तै पानी तातो बनाउन केटल, तातोपन जोगाइ राख्न थर्मस, भ्याक्युम फ्ल्याक्स र हटपट प्रस्तुत गरेको छ ।

यसैगरी, जुनसुकै स्थानमा जतिबेला पनि तातो पानी उपलब्ध गराउन वाटर डिस्पेन्सर ल्याएको छ भने शरीर न्यानो बनाइराख्न विभिन्न किसिमका इलेक्ट्रिक एवं ग्यास हिटरहरू पनि उपलब्ध गराएको छ ।

यसलगायत सि.जी. ले चिसो पानीले नुहाउने टेन्सनबाट मुक्त हुनका लागि इलेक्ट्रिक र ग्यास गिजर समेत उपलब्ध गराएको छ ।

सि.जी. ले प्रस्तुत गरेका घरायसी सामाग्रीहरू गुणस्तरीय, भरपर्दो र समयअनुकुल रहेका छन् । नवीनतम प्रविधिद्वारा उत्पादित सि.जी. का घरायसी सामानहरू समयमै घर भित्र्याइ जाडो याममा हुँदै जीवन सहज बनाउन कम्पनीले आग्रह गरेको छ ।