पुनहरि बेलबासे, भैरहवा
सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शनका क्रममा नेपाली काङ्ग्रेस रुपन्देहीले आज विरोध प्रदर्शन गरेको छ । सरकारले गरेका कार्यहरुप्रति असहमति जनाउँदै खबरदारीका लागि गरिएको विरोधसभामा वक्ताहरुले कोभिड-१९ का कारण विश्व नै आक्रान्त बनेका बेला सरकारले जनतालाई राहत दिनुको सट्टा चरम भ्रष्टाचारमा लिप्त भएको, स्वास्थ्य सामग्रीमा अनियमिता गरेको र व्यवसायीमैत्री सरकार हुनुपर्नेमा तानाशाह प्रवृत्ति देखाएको भन्दै सरकारलाई सच्चिनको लागि विरोधसभा गरेको बताए् ।

सरकारले गरेका गल्ती र कमजोरीलाई सच्याएर अगाडि बढ्न नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले आग्रह गरे । सरकार अहिले शक्तिको आड लिएर प्रतिपक्षी पार्टीमाथि दमन गरेको र निरङ्कुसता लाद्न खोजे नेपाली काङ्ग्रेस चुप लागेर नबस्ने भन्दै पाण्डेले चेतावनी दिए ।
सरकार चरम भ्रष्टाचारमा लागेको र जनताले दिनको मतको दुरुपयोग गरेको बताउँदै आगामी निर्वाचनमा नेपाली काङ्ग्रेसलाई जनताले पहिलो पार्टी बनाउने ठोकुवा रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाकले बताए ।
विरोधसभामा रुपन्देही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य प्रमोद यादव, तत्कालीन संविधानसभा सदस्य इस्तियाक अहमद, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुलप्रसाद न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।
प्रतिक्रिया