जनताको आवाज छ-प्रचण्डले जवाफ दिनैपर्छ

जनताको आवाज छ-प्रचण्डले जवाफ दिनैपर्छ


३० वर्षे पञ्चायतविरुद्धको जनआन्दोलनले आएको प्रजातन्त्रलाई सत्तामोहमा लागी पञ्चेभन्दा हामी के कम भनी आफू, आफ्नो पार्टी र सम्पूर्ण टाठाबाठाले देशको ढुकुटी सिध्याउने काम मात्र गरे यी दुई ठूला पार्टी नेताहरूले । जसको फलस्वरूप ०५२ सालमा माओवादीको उदय भयो ५१ सालको मध्यावधिको परिणामले । ०५२ सालदेखिको माओवादीको आन्दोलनले, प्रजातन्त्रवादी भनाउँदा गिरिजा र माधव नेपालका नेताहरू र माओवादी नेताहरूको आन्दोलनले, कति विकासका पूर्वाधारहरू नष्ट हुनुको साथसाथै कति पुलिसचौकी ध्वस्त हुनुको साथैसाथै १५ हजार सर्वसाधारणको ज्यानसम्म लिन पुग्यो । ०६२/०६३ को जनआन्दोलनले उग्ररूप लिँदा अन्तमा १२ बुँदे समझदारी भई हस्ताक्षरसमेत भएको अवस्था र जनआन्दोलनको अवस्था बुझी राजा श्री ५ ज्ञानेन्द्रले जनता नै सर्वोपरी हुन् भन्ने बुझी जनचाहनाअनुरूप राजगद्दी त्यागी सर्वसाधारणसरह नागरिक भई बसे । जसको फलस्वरूप देश लोकतन्त्र बन्न पुग्यो । ०६३ को संविधानअनुसार चुनाव हुन पुग्यो र ठूलो पार्टीको रूपमा माओवादी हुन पुग्यो पनि र माओवादीको सरकार पनि बन्यो । समानुपातिकको आधार बनाई सबै दलहरूबाट संविधानलेखनको निम्ति ६०१ सभासद्समेत बने । माओवादीको सरकार चल्दै जाँदा आफ्नो सरकार अरू बलियो शक्तिशाली बनाउने उद्देश्यले सेनापति रुक्मांगद कटवाललाई हटाउन पाए सैनिकसमेत आफ्नो हातमा हुने कल्पना गरी मन्त्रिपरिषद्को निर्णयबाट हटाउने जुन निर्णय भयो त्यो सफल हुन नसक्दा अन्तमा विरोधीहरूको विरोधले सरकारै छोड्नुपर्ने अवस्थामा पुग्यो माओवादी सरकार र प्रचण्डले राजीनामासमेत दिए । यदि माओवादी सरकार र प्रचण्डले आफूलाई बुद्धिमानी सम्झी देश र जनताको हित सम्झी अरू जनमुखी सरकार बनाई देशलाई विकसित गर्दै लैजान सकेको भए आज माओवादी कुन रूपमा पुग्थ्यो त्यो माओवादीले सोच्ने कुरा हो । आज सरकार छोड्नुपरेको पीडाले प्रचण्ड अन्योलग्रस्त अवस्था पुगेका देखिन्छन् । आफैंले संवैधानिक अध्यक्ष बनाइदिएका माधव नेपाल समय-परिस्थितिले गर्दा २ ठाउँबाट चुनाव हारे तापनि संवैधानिक सदस्य बनी प्रधानमन्त्रीसमेत बन्न पुगे माधव नेपाल । यो सबै प्रचण्डकै कारणले गर्दा नै होइन र – अहिले आएर यो कठपुतली सरकार ढलिसक्यो, यसको औचित्व नै छैन भनी के-के बोलिरहेका छन् जनतालाई भ्रममा पारी । अन्तमा मे दिवस पारेर मजदुरदेखि सम्पूर्ण पार्टीशक्ति लगाई मे दिवसको दिन ठूलो गर्जनसाथ सम्बोधन भाषण गरी सत्ता लिइछोड्नेसम्मको कुरा गरे । ठूलो सङ्ख्यामा जनताको सहभागिताले आफूलाई अरू शक्तिशाली सम्झी जनताको साथ पाउने विश्वास लिई सडकबाट नै आन्दोलन गरी सत्ता हातमा लिने घोषणा गरी १९ गतेबाट आन्दोलन सुरु भयो । २२ दल माधव नेपालको सरकार र माओवादीको जुहारी चल्दै जाँदा हड्तालको रूपले देशमा अशान्ति हुन पुगी जनताले दुःख पाए । ६ दिने आन्दोलनभित्र प्रचण्डले के-के बोलेर के-के मात्र भनी गाली गरे प्रजातन्त्रवादीलाई । दुवैथरीको कुरा बुझदा न माधवकुमारले राजीनामा दिन्छन् न माओवादीको सरकार बन्छ जसले गर्दा संविधान नबन्ने स्थिति छ, नबनेपछि यिनै तीनै दल दोषी त अवश्य हुन्छन्, होइन –
०३६ को संवैधानिक लोकतन्त्रले संविधान लेख्न ६०१ सभासद् नियुक्ति गरेको छ २ वर्षभित्रमा संविधान लेख्न । यो संविधान लेख्नैपर्ने जनताको प्रथम म्यान्डेट हो । सत्ता लुछाचँडी पराकाष्टाले गर्दा संविधान लेख्ने काममा नेताहरू सक्षम नहुँदा नै संविधान लेख्ने काम ढिलाइ भएको हो कि होइन प्रचण्डजी ? लोकतन्त्रपश्चात् १२ बुँदे सम्झौतामा तपाईंहरू तीन दलले संविधानलेखन दुई वर्षमा पूरा गर्ने प्रतिबद्धता जाहेर गरी सही गरेको हो कि होइन ? समय त बित्दै जेठ १४ गते आउनुअगाडि संविधानको म्याद बढाउने कुरामा सबैको बहस चल्दै छ । कोही संविधान संशोधन गरी एक वर्षको म्याद थप्न, माओवादी प्रचण्डहरू भन्दै छन् संयुक्त सरकार नबन्ने हो भने म्याद थप्न मिल्दैन, अब यस्तो आउने दिनहरूमा देशमा कुन अवस्था आउला । ज्योतिषीहरूसमेत भन्दै छन्- आउने दिनहरूमा दलहरू एक-आपसमा नमिल्ने हो भने जेठ १४ पछि देशमा ठूलो सङ्कट आउँछ । जनताले समयअनुसार सबैलाई साथ दिँदै आएका छन् । ०५८ सम्म गिरिजा र माधव नेपालले जनता र देशलाई मागी खाने भाँडो बनाए, २९ अर्ब बेरुजु हुन पुग्यो । माओवादीलाई पनि बितेका दूषित राजनीतिले र संविधान नबन्नु र ६०१ सभासद्लाई भत्तास्वरूप मात्र ६० करोड देशको सम्पत्ति सकिनुले के सन्देश दिन्छ जनतालाई । जनतादेखि सचेत हुन सबै सभासद्ले आफ्नो भूल सुधारी जनतासमक्ष माफी माग्नैपर्छ । जनताको माग पनि यही हो ।
-भरत अधिकारी, गोठाटार, काँडाघारी, काठमाडौं

ढोँग होइन भने सलाम छ
वैशाख २८ को घटना र विचार साप्ताहिकमा प्रकाशित पूर्वयुवराज पारस शाहको अन्तर्वार्तामा विशेष ध्यान आकरि्षत भयो । राजसंस्था गुमेपछि पूर्वराजपरिवारका सदस्यहरू को-को के गरिरहेका छन्, उनीहरू के सोच्छन्, भावी योजना के छ, आदि विषयमा आमतप्कामा चासो रहनु स्वाभाविक छ । यस्तो परिवेशमा पारस शाहसँगको कुराकानी पढ्न पाउँदा रमाइलै लाग्यो । मूल कुरा त मौका पाए पनि अब आफूलाई राजा हुने इच्छा नरहेको पूर्वयुवराजको अभिव्यक्तिले आर्श्चर्यमा पार्‍यो । पारसमा यस्तो वैराग्य किन जाग्यो होला – यो उनको हृदयदेखिकै उद्गार हो, कुनै ढोँग या पाखण्ड होइन भने उनलाई सलाम गर्नैपर्छ । राजतन्त्र पुनस्वार्थपनबारे अनेकखाले चर्चा र हौवा चलिरहेको यतिबेलाको सन्दर्भमा पूर्वयुवराजको यस धारणाले अनेक जिज्ञासा समाधान गरेको छ भन्ने लाग्दछ । आजका नेताहरूमाथि उनले गरेका टिप्पणीचाहिँ अलिक बढ्ता नै भए कि ? किनकि, तत्कालीन राजदरबार पनि आरि्थकलगायतका मुद्दामा विवादबाट चोखो कहाँ थियो र ?
– सुमनराज पुरी, मधुसूदन र सरि्मष्ठा, नयाँबजार, काठमाडौं

स्वागतयोग्य बोली

पूर्वयुवराज पारस शाहले आफ्नो विगतको व्यवहारप्रति पश्चात्ताप गर्नु अत्यन्त प्रशंसनीय र स्वागतयोग्य छ । मौका पाए पनि राजा बन्ने सोच नरहेको उनको भनाइ यदि अन्तरहृदयदेखिकै उद्गार हो भने यसले उनको मात्र नभई पूर्वराजपरिवारकै छविमा सकारात्मक प्रभाव पर्ने अनुमान गर्न सकिन्छ ।
– आभास कणकार, काठमाडौं