सुनको मूल्य निरन्तर उकालोतिर

सुनको मूल्य निरन्तर उकालोतिर


अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि भएको छ । स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (१३ कात्तिक) प्रतितोला सुन रु एक लाख ६८ हजार पाँच सयमा कारोबार भएको छ । सोही परिमाणको पहेँलो धातु सोमबारको तुलनामा आज रु एक हजार पाँच सयले बढेको हो ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ४० ले बढेर दुई हजार एक सय पाँच कायम भएको महासङ्घले जनाएको छ । सोमबार एक तोला चाँदी रु दुई हजार ६५ मा खरिदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन दुई हजार सात सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।