स्थायी कमिटीको अर्को बैठक पुस ५ मा, केन्द्रीय कमिटीको बैठक पुस १० मा
बुधबारको दिन सत्तारुढ नेकपाका शीर्ष नेताहरुका लागि निकै उहापोहपूर्ण रह्यो । अब के होला भन्ने जिज्ञासामा थिए उक्त दलका तमाम कार्यकर्ता र, अन्य नागरिक तप्का पनि । तर, अन्ततः ‘हात्ती आयो हात्ती आयो फुस्सा’कै शैलीमा नेकपाका दुई अध्यक्षबीच सहमति भएको छ ।
अर्थात्, सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक मंगलबार सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने र संसदको विशेष अधिवेशन बोलाउने हस्ताक्षर अभियान स्थगित हुने गरी सकिएको छ ।
बताइएअनुसार प्रचण्डको आरोपपत्र र ओलीको जवाफीपत्र फिर्ता हुने, संवैधानिक परिषदसबन्धी अध्यादेश फिर्ता गरिने, संसदको विशेष अधिवेशन बोलाउने हस्ताक्षर अभियान स्थगित हुने र आगामी बैठकमा ओली-प्रचण्डको संयुक्त प्रस्ताव लगिने सहमति ओली र दाहालबीच भएको छ ।
अब नेकपाको अर्को स्थायी कमिटी बैठक पुस ५ मा बस्ने र पुस ५ का लागि तोकिएको केन्द्रीय कमिटी बैठक पुस १० सम्मका लागि सारिएको बताइएको छ ।
प्रतिक्रिया