यूके दोश्रो बडिबिल्डिङ च्याम्पियनशिपको तैयारी

यूके दोश्रो बडिबिल्डिङ च्याम्पियनशिपको तैयारी


sanugurungलण्डन – बेलायतबाट वर्षेनी आयोजना गरिने बडिबिल्डिङ अथवा शारीरिक सुगठन प्रत्तियोगिता गतवर्ष अत्यन्त सफल भएको थियो । यसवर्षपनि युनाईटेड किंगडम नेपाल फेडरेशन अफ बडिबिल्डिङ एण्ड फिटनेस (युकेएनएफबीएफ) ले दिनांक १७ अगस्त २०१४को दिनमा दिनको तीनबजेदेखि राती नौबजेसम्म स्यामुएलकोडी स्पोर्ट कलेज फार्नबारो, जीयू११ ८एसएसमा सम्पन्न गरिने उपरोक्त प्रत्तियोगिताको पूर्ण तैयारी भईसकेको सूचना संस्थाका आयोजक कमिटीले यस स्तम्भकारलाई दिएको छ । गतवर्ष सो प्रत्तियोगितामा मुख्य भूमिका निभाएका बिडबिल्डिङमा धेरै उँचाई प्राप्त नेपाल राष्ट्र च्याम्पियन तथा धर्मश्री उपाधि लगाएत अनेकौं उपाधिहरुका विजेता सानु गुरुङको पनि यसवर्ष यस प्रत्तियोगितामा विशेष भूमिका रहनेकुरा आयोजक कमिटिले बताएको छ । सानु गुरुङ यसपटक हङकङहँुदै दिनांक १० अगस्त २०१४को दिनमा बेलायत आईपुग्ने समाचार छ । उनलाई स्वागत गर्नका लागि संसारभरि अत्यन्त व्यस्त मानिने हिथ्रो एअरपोर्टमा बिहानपिख समितिका आयोजक कमिटिका सदस्यहरु हिथ्रोमा जाने समाचार बताएको छ र दोश्रोवर्ष पनि प्रमुख प्रशिक्षकको रुपमा उनलाई स्वागत गर्न भनेको छ । आयोजकहरु अनुसार यसवर्ष गएको वर्षभन्दा विशेष आकर्षित रहने कुरा जनाएका छन् । आकर्षनको अर्को मुख्य कारण बेलायतमा भूपू गोर्खाहरुको बाहुल्यता रहेको परिवेशमा अवकाश प्राप्त क्याप्टैन उमेश कुमार पुनले समेत सहभागिता जनाउँदै आर्मीमा आभ्यास गरिएको शारीरिक सुगठन प्रदर्शन गरिने कुरा बताएको छ तथा अन्य सैनिक जवानहरुले पनि यस प्रत्तियोगितामा भाग लिने कुरा समेत जनाएको छ । यसवषर्कको कार्यक्रम “स्वास्थ्य नै धन हो” भन्ने नाराका साथ सम्पन्न गरिनेछ ।