पछिल्लो २४ घण्टामा नेपालमा थप ७८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २,५२,४७४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप २८७ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा २०२, भक्तपुरमा ९ र ललितपुरमा ७६ जना कोरोना संक्रमित थपिएका हुन्।
यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको र योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १,७६५ पुगेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १०२९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने हाल देशभर ९,३१७ जना सक्रिय संक्रमित छन् र ४२७ जना क्वारेन्टिनमा छन्।
प्रतिक्रिया