सर्वोच्च अदालत बार एशोसिएशनको अध्यक्षमा पूर्णमान शाक्य विजयी

सर्वोच्च अदालत बार एशोसिएशनको अध्यक्षमा पूर्णमान शाक्य विजयी



प्रजातान्त्रिक पक्षधरलाई व्यापक सफलता

सर्वोच्च अदालत बार एशोसिएशनको नयाँ कार्यसमितिका लागि शनिबार सम्पन्न मतदानको परिणाम सार्वजनिक भएको छ ।

बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा वृहत लोकतान्त्रिक समावेशी (मधेशी, आदिवासी र जनजाती) पेशागत कानून व्यवासायी समूहको नेतृत्व गरेका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी बनेका छन् । प्रगतिशील समूहका वरिष्ठ अविधक्ता रविनारायण खनाललाई २५० मतका विरुद्ध २९५ मत हासिल गर्दै शाक्य विजयी बनेका हुन् ।

बारको उपाध्यक्षमा प्रगतिशील समूहका मुकुन्दप्रसाद पौडेल विजयी बनेका छन् । प्रतिष्पर्धी नमराज रिजाललाई २५४ मतका विरुद्ध २८४ मत लाई पौडेल विजयी बनेका हुन् ।

यस्तै, सचिव, सहसचिव र कोषाध्यक्ष पदमा प्रजातान्त्रिक समूहका क्रमशः ऋषिराम घिमिरे, शर्मिला श्रेष्ठ र विनोदकुमार कार्की विजयी बनेका छन् ।

महिला सदस्यमा पनि प्रजातान्त्रिक समूहकी अमिता गौतम पौडेल विजयी बनेकी छन् भने कार्यसमितिका अन्य सदस्यहरूमा अनन्त कार्की, अनन्तराज लुइँटेल, तिलकविक्रम पाण्डे, दिपनारायण शाह, विकास भट्टराई, राजेन्द्रप्रसाद साह, , मिराज श्रेष्ठ, डा. रामहरि त्रिपाठी र निर्मला भण्डारी निर्वाचित भएका छन् ।

यस पटक बारको निर्वाचनमा प्रजातान्त्रिक पक्षधरलाई ठूलो सफलता मिलेको छ ।