पार्टीको आन्तरिक झगडा सहमतिबाट टुंग्याउने प्रयासमा असफलता मिलेपछि सत्तारुढ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको कठोर कदम चालेका छन् ।
आज बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री ओलीले संसद् विघटनका लागि सिफारिस गर्ने प्रस्ताव गरेका हुन् । मन्त्रिपरिषद बैठकले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
शनिबार दिनभर सहमतिका लागि प्रधानमन्त्री ओलीले प्रचण्डलगायतका पार्टीनेताहरुसँग छलफल गरेका थिए । छलफलमा कुरा मिल्न नसकेपछि नेकपाको विवाद थप तनावपूर्ण बनेको र राजनीतिक रुपले मुलुक थप अन्योलग्रस्त बन्न पुगेको छ ।
प्रतिक्रिया