सनत आचार्य
प्रधानमन्त्री केपी ओलीद्वारा गरिएको संसद विघटनको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको अनुमोदनको विषयलाई लिएर असन्तुष्ट रहेका सात मन्त्रीले सामुहिक राजीनामा दिएका छन् ।
सिंहदरबारमा आज संयुक्त रूपमा राजीनामा घोषणा गर्नेहरूमा पुष्पकमल दाहालनिकट (माओवादी पक्षका) वर्षमान पुन, शक्ति बस्नेत, गिरीराजमणि पोख्रेल, रामेश्वर राय यादव र बिना मगर रहेका छन् ।
त्यसैगरी माधव नेपालनिकट (एमाले पक्षका) घनश्याम भुषाल र योगेश भट्टराइले पनि राजीनामा दिएका छन् ।

माओवादीतर्फका अन्य दुई मन्त्री रामबहादुर थापा र लेखराज भट्टले भने हालसम्म राजीनामा दिएका छैनन् । थापा र भट्टले राजीनामा नदिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
ज्ञातव्य छ, उल्लिखित दुवै मन्त्रीहरू केपी ओलीको पक्षमा रहँदै आएका भन्ने चर्चा चल्दै आएको थियो ।
प्रतिक्रिया