नेकपाको केन्द्रिय समिति बैठक बालुवाटारमा जारी

नेकपाको केन्द्रिय समिति बैठक बालुवाटारमा जारी


टोपबहादुर रायमाझीले दिए स्वागत मन्तव्य


नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आह्वान गरिएको पार्टी केन्द्रीय समितिको बैठक बालुवाटारमा चलिरहेको छ । सत्तारुढ नेकपाको केन्द्रीय कमिटीको यो तेस्रो बैठक भएको सम्बद्ध दलका नेताहरुले जनाएका छन् ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आरम्भ भएको बैठकको सञ्चालन पार्टी महासचिव विष्णुप्रसाद पौडेलले गरेका छन् भने बैठकमा स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले स्वागत मन्तव्य राखेका छन् ।

रायमाझीका अलावा पूर्वमाओवादीका नेता मणि थापा पनि उक्त बैठकमा सहभागी भएका छन्। गृहमन्त्री रामबहादुर थापा र बामदेव गौतमले भने कुनै पन समूहको भेला र बैठकमा सहभागी नहुने पूर्वघोषणा गरेअनुसार उनीहरु बालुवाटार बैठकमा सहभागी नभएका बुझिएको छ ।

बताइएअनुसार पार्टीको केन्द्रिय समितिमा सदस्यहरु थप गर्ने अध्यक्ष ओलीको तयारी रहेको छ । अर्को समूहतिर संलग्न केन्द्रिय सदस्यहरुलाई कारवाही गरेर रिक्त स्थानमा नयाँ सदस्यहरु थप्ने योजना रहेको बताइन्छ ।

पुष्पकमल दाहाल समूहले पनि आज १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएका छन् । बबरमहलस्थित कार्की क्याटरिङमा सो समूहको भेला हुने बताइएको छ ।