प्रचण्ड-माधवपक्षीय नेकपाको बैठक जारी

प्रचण्ड-माधवपक्षीय नेकपाको बैठक जारी



गौतम र थापा दुवै बैठकमा अनुपस्थित


प्रचण्ड-माधवपक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक जारी रहेको छ । बबरमहलस्थित कार्की ब्याङ्केटमा जारी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल र पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्तव्य दिइसकेका र अध्यक्ष दाहालले बोलिरहेका छन् ।

आज आयोजित नेकपाका दुवै बैठकमा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा उपस्थित भएका छैनन् ।

प्रतिनिधिसभा विघटन भएपछि नेकपाका दुई समूहले आज छुट्टाछुट्टै केन्द्रीय कमिटी आह्वान गरेका छन् ।

यसअघि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाएका थिए । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भई २०७५ जेठ ३ गते नेकपा गठन भएको थियो ।