नेकपा दाहाल-नेपाल समूहको संसदीय दलका नेतामा दाहाल चयन

नेकपा दाहाल-नेपाल समूहको संसदीय दलका नेतामा दाहाल चयन



नेकपाको दाहाल-नेपाल समूहले संसदीय दलका नेतामा पुष्पकमल दाहाललाई चयन गरेको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको सो पक्षका पूर्वसांसद् र सांसदको बैठकले केपी शर्मा ओलीलाई दलको नेताबाट हटाएर दाहाललाई चयन गरेको निवर्तमान सांसद देवप्रसाद गुरुङले जानकारी दिएका हुन् ।

बैठकमा सो समूहद्वारा नयाँ चयन गरिएका अध्यक्ष माधवकुमार नेपालले मङ्गलबार बसेको केन्द्रीय कमिटीको बैठकले गरेको निर्णयका बारेमा पूर्वसांसद र सांसदलाई जानकारी गराएका थिए । नेकपाको दाहाल-नेपाल समूहको मङ्गलबारको बैठकले ओलीलाई पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गरी नेता नेपाललाई सर्वसम्मतिले चयन गरेको थियो ।

बुधबारको बैठकमा राष्ट्रियसभा र विघटित प्रतिनिधिसभाका ११५ जना सदस्यको उपस्थिति रहेको गुरुङले बताए ।