दाहाल-नेपाल समूहद्वारा माइतीघर मण्डलामा धर्ना

दाहाल-नेपाल समूहद्वारा माइतीघर मण्डलामा धर्ना



प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै प्रचण्ड, माधव नेपालहरुले माइतीघरमा प्रदर्शन गरेका छन् ।

शुक्रबार बिहान माइतीघर मण्डलास्थित सडकमा नेकपा दाहाल-नेपाल समूहले धर्ना दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेको विरोधमा आज बिहान साढे नौ बजे गरिएको प्रदर्शनका क्रममा धर्नामा सहभागीहरुले आफ्ना छातीमा ‘हामी यहाँ छौं’ लेखेर टाँसेका थिए । उनीहरुले ‘प्रतिनिधिसभा भंग गर्नु असंवैधानिक भएको’ उल्लेख गरिएको ब्यानर प्रयोग गरेका छन् ।

दाहाल-नेपाल समूहका अध्यक्षद्वय प्रचण्ड र नेपालका अलावा झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत नेताहरु कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका हुन् ।