पूर्वसभामुख महरासँग चिनियाँ राजदूतको भेटघाट

पूर्वसभामुख महरासँग चिनियाँ राजदूतको भेटघाट



पूर्वसभामुख कृष्णबहादुर महरासँग नेपालका लागि चीनका राजदूत हाउ यान्छीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

नेता महराका अनुसार भेटमा आपसी हित र चासोका विषयमा छलफल भएको हो । राजदूत यान्छीले आजै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि शिष्टाचार भेटावार्ता गर्नुभएको थियो ।

शुक्रबार भएको भेटमा राजदूत यान्छी र महराबीच आपसी हित र द्विपक्षीय चासोका विषयमा विचार विमर्श भएको बताइएको छ ।

रहश्यमयी ढंगले यौन प्रकरणमा मुछिएको बेला प्रचण्डबाटसमेत उपेक्षाको शिकार बन्न पुग्नुभएका महरा त्यसयता आफ्नै गृहजिल्लामा ज्यादा समय ब्यतीत गर्दै आउनुभएको थियो । यसै क्रममा सत्तारुढ नेकपामा फुट आएपछि रातारात नेकपा (दाहाल–नेपाल) समूहले पूर्वसभामुख महरालाई स्थायी कमिटीमा मनोनयन गरेको छ । महराले आफ्नो मनोनयनलाई कुन रुपमा लिनुभएको छ भन्नेचाहिँ स्पष्ट भइसकेको छैन । यस परिवेशमा चिनियाँ राजदूतले महरासँग गर्नुभएको भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण कोणबाट हेरिएको छ ।