मातृभूमिका लागि नेपालीले पृथ्वीजयन्ती तथा राष्ट्र एकीकरण दिवस मनाउने

मातृभूमिका लागि नेपालीले पृथ्वीजयन्ती तथा राष्ट्र एकीकरण दिवस मनाउने


तयारीका लागि २२१ सदस्यीय मूल समारोह समिति गठन

सनत आचार्य

मातृभूमिका लागि नेपालीले यही पौष २७ मा राष्ट्रनायक पृथ्वीनारायण शाहको २७८औँ जन्मजयन्ती एवम् राष्ट्र एकीकरण दिवस भव्य रूपले मनाउने निर्णय गरेको छ ।

संगठनको शनिबार (११ पौष) ललितपुरमा बसेको केन्द्रीय समितिको बैठकले जुलुमरत्न डंगोलको संयोजकत्वमा २२१ सदस्यीय पृथ्वीजयन्ती तथा राष्ट्र एकीकरण दिवस मूल समारोह समिति गठन गरेको हो । समितिको सह-संयोजकहरूमा शम्भूमान सिंह, राजेन्द्र रानामगर, गगनदेव प्रसाद शाह, लक्ष्मण तामाङ, जुना लामा, कमला रिसाल, शान्त महर्जन, डोवरलाल शिलाकार, उज्ज्वल कर्माचार्य, अन्जु सुवेदी, श्यामसुन्दर शर्मा र सदस्य-सचिवमा शीतल सुवेदीलाई चयन गरिएको छ ।

मूल समितिका सदस्यहरुमा देवप्रकाश त्रिपाठी, डा. तिलक रावल, डा. राजेश अहिराज, अरुण सुवेदी, केशवप्रसाद भट्टराई, नारायण कोइराला, दीपक गजुरेल, सुवास आचार्य, डा. सविन्द्रराज भण्डारी, दीपकसिंह महर्जन, रमेश श्रेष्ठ, मुरारी शर्मा, रुद्र सापकोटा, गोमा प्रधान, मन्जिला शर्मा, एमआर रेहन, देवराज पौडेल, सुशील खनाल, सुन्दर मिजार, सुभासप्रसाद पाण्डे, जयबहादुर चन्द, तुलसी खड्का, काँशीराम ढुङ्गाना, गौरीलाल डाँगी, डा. रवीन्द्र पाण्डे, राजाराम श्रेष्ठ, प्रेमलाल महर्जन, हर्क कार्की, रामप्रसाद पौडेल, दिलमाया तामाङ, रमेश रिसाल, गोपाल नेपाल, वसन्त पोखरेल, सुशील देवकोटा, हरिराज श्रेष्ठ, महेशप्रेमी उदास, यज्ञवहादुर थापा, तेज शर्मा, अफजल मिया, सूर्य ढुङ्गाना रहेका छन् ।

त्यसैगरी, समितिका सदस्यहरुमा शेखर ढुङ्गेल, छत्रबहादुर मैनाली, सरोज अर्याल, डा. अम्बरिस पोखरेल, डा. गोविन्द सिंह राउत, प्रा. हीराकुमार श्रेष्ठ, बन्दना कोइराला, भोजराज क्षेत्री, सागर सुवेदी, यामलाल सुवेदी, अरुण भेटवाल, डिल्लीराम अम्माई, राममणी बगाले, सुमन कोइराला, कृष्ण सिंह सामन्त, शुमी शाही, विनोद केसी रहेका छन् ।

मूल समितिका सदस्यहरुमा भवानीप्रसाद शर्मा, बृषध्वज वाइवा, सनत आचार्य ई. नरोत्तम श्रेष्ठ, लक्ष्मीप्रसाद आचार्य, डिल्ली बसेल, पूर्णसिंह खड्का, जगतगुरु वीरेन्द्र आचार्य, वासुदेव मल्ल ठकुरी, नमराज भण्डारी, मणिराज सत्याल, गीता श्रेष्ठ, दामोदर कोइराला, हिमा सनातन घिमिरे, मित्रलाल दाहाल, माधव श्रेष्ठ, ई. टुङ्गराज पाठक, डा. भरत थापा, चित्रबहादुर तिमिल्सीना, कमलराज श्रेष्ठ, प्रदीप शर्मा उपाध्याय, लीलाराम खनाल, सचिन सुब्वा माक्सो, अशोक अविरल राई, अर्जुनकुमार पौडेल, कल्पना मेघाले मगर, टुकनाथ शर्मा, शरद अधिकारी, राम बराल, बुद्धिसागर लम्साल र खेमराज ढकाल रहेका छन् ।

त्यसैगरी राजकुमार श्रेष्ठ, गजेन्द्र पौडेल, कृष्णराज शर्मा, मदनराज उपाध्याय, सुनिलकुमार पोखरेल, विनोद बम, कृष्णप्रसाद बास्तोला, सूर्य सिग्देल, जरिना खातुन, गंगाराम पौडेल, माधव भण्डारी, राधिका पौडेल, नेत्र राना, हेमन्त शाह, मीना गौतम, इन्दु भुषाल, राहुन कसौधन, रामप्रसाद चाम्लीङ राई, पिताम्बर घिमिरे, नवीन रिसाल, अशोक अविरल राई, सविराज आचार्य, गोपाल सिंह, संजय पुडासैनी, बिन्दु बुढाथोकी, राजेश शाक्य, चुडामणी संजेल, अनिल महाजु, राजाराम दानी, आशिष राना मगर, राधेश्याम ठकुरी, रमेश राई र राजु लिम्बु सदस्य रहेका छन् ।

समितिले पौष २७ गते बिहान ८ बजे भृकुटी मण्डपमा भेला हुने र नगर परिक्रमा गरी सिंहदरबारस्थित श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्ने कार्यक्रम तय गरेको छ । मूल समारोह समितिका संयोजक जुलुमरत्न डंगोलले उक्त दिन राष्ट्रप्रेमी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीलाई तोकिएको स्थान र समयमा भेला भइ राष्ट्र-निर्माताप्रति सम्मान र राष्ट्रिय एकता प्रकट गर्नका लागि आह्वान गर्नुभएको छ ।

संगठनले सोही दिन देशभर रहेका आफ्ना समितिहरूमार्फत पनि एकीकरण दिवस मनाउने निर्णय गरेको छ ।

बैठकले पौष १८ गते उपत्यका समन्वय समितिको अग्रसरतामा उपत्यकास्तरीय सहकर्मी भेला आयोजना गर्ने र सोही कार्यक्रममा आफ्ना सदस्यहरूलाई दीक्षित गर्ने योजना पनि बनाएको छ ।