संसद विघटनविरुद्ध पृथ्वीराजमार्गमा उत्रियो कांग्रेस

संसद विघटनविरुद्ध पृथ्वीराजमार्गमा उत्रियो कांग्रेस


विकास रौनियार, धादिङ

संसद विघटनको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सोमबार देशभर विरोध प्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरिएको कांग्रेस नेताहरुले दाबी गरेका छन् ।

यसैक्रममा धादिङको क्षेत्र नं. १ को गजुरीमा भएको विरोध सभामा प्रमुख अतिथीको रुपमा कांग्रेस नेता हरि अधिकारी, नेविसंघका केन्द्रीय उपाध्यक्ष उर्मिला थपलिया, कांग्रेस धादिङका क्षेत्रिय सभापति कृष्ण रिजाललगायतले सम्बोधन गरे ।

वक्ताहरुले केपी ओलीले गरेको प्रतिनिधिसभाको विघटन असंवैधानिक र अलोकतन्त्रिक भएको बताउँदै सो कदमविरुद्ध लाग्न सबैलाई अपिल गरेका थिए ।

नेपाली कांग्रेस कार्यकर्ताले पृथ्वीराजमार्गअन्तर्गत गजुरी बजार क्षेत्रमा प्रदर्शन गरेका छन् । गजुरी गाऊँपालिकाको कार्यालयबाट निस्केको जुलुस गजुरी ट्राफिक चौकसम्म पुगेको थियो ।