बाबुरामसँग के भने चिनियाँ कम्युनिष्ट पार्टीका नेताले ?

बाबुरामसँग के भने चिनियाँ कम्युनिष्ट पार्टीका नेताले ?


चिनियाँ प्रतिनिधिमण्ड-बाबुराम भेटवार्ता

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधि मण्डलले जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेको छ ।

भट्टराईलाई चिनियाँ टोलीले उनको टोखास्थित निवासमा पुगेर भेटवार्ता गरेको हो । भेटमा आपसी हित, द्विपक्षीय चासो र दुई देशको सम्बन्धका बारेमा छलफल भएको बताइएको छ ।

चिनियाँ उपमन्त्रीले सन् २०१५ मा तिब्बत जाने क्रममा चेङ्दुमा भट्टराईसँग भएको भेटको स्मरण गर्दै पुनः भेट्न पाउँदा खुशी व्यक्त गरेका थिए । उपमन्त्री चौले आफूहरु २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सय वर्ष पुग्ने सन्दर्भमा नेपाल आएको बताएका पूर्वप्रधानमन्त्री भट्टराईका सहयोगी एवम् जनता समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले जानकारी दिएका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका प्रमुख पार्टीहरुबीच आपसी सम्बन्ध र नेपाल-चीन सम्बन्ध अझ राम्रो र सुमधुर बनाउन आफूहरु नेपाल आएको भन्दै चिनियाँ उपमन्त्रीले अध्यक्ष भट्टराईसँगको भेटमा नेपालचीनको आर्थिक विषयवस्तुमा छलफल गर्दा आफूलाई राम्रो अनुभूति भएको बताएका पाण्डेले जनाएका छन् । चिनियाँ नेताले नेपालमा हल्ला भएको जस्तो नेपालको आन्तरिक मामिलाको विषयमा बहस वा छलफल गर्न नेपाल नआएको स्पष्ट पारेका पनि पाण्डेले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् ।