राखेप सदस्य केसीले दिए राजीनामा

राखेप सदस्य केसीले दिए राजीनामा



राष्ट्रिय खेलकुद परिषदका सदस्य अर्जुनबहादुर केसीले पदबाट राजीनामा दिएका छन् । आकस्मिक रूपमा केसीले सोमबार युवा तथा खेलकुद मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

यतिबेला सिङ्गो मुलुक प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको संसद विघटनको कदमप्रति आन्दोलित भइरहेको अवस्थामा अवैधानिक सत्ताको पक्षमा रहेर रमिते बन्नु उचित नहुने भन्दै परिषदको सदस्यबाट राजीनामा दिएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

केसी नयाँ ऐन लागु भएपछि माओवादीको कोटाबाट दोश्रो पटक परिषदको सदस्य बनेका थिए ।

राजीनामाको सम्बन्धमा केसीसँग सम्पर्क गर्दा अहिलेको अवस्थामा आफू खेलकुदमा नैतिकताले पनि बस्न नमिल्ने भन्दै सदस्यबाट राजीनामा दिएको उनले पुष्टि गरे ।