लण्डन ,०३ अगस्त २०१४, गुल्मी जिल्ला समाज यूकेले प्रत्येक बर्ष गर्दै आइरेहेको समर बीबीक्यू तथा बार्षिक भेटघाट कार्यक्रम नेपालबाट निम्त्याइएका कलाकारहरु पशुपति शर्मा र जमुना सनम तथा गुल्मेली नौमती बाजाको बेजोड प्रस्तुतिसहित सम्पन्न भएको छ | प्लम्स्टिड लण्डनको एसियन कम्युनिटि हलमा आयोजित कार्यक्रममा बिशिष्ठ पाहुनाहरुसहित बेलायतवासी गुल्मेलीलगायत गैर गुल्मेली नेपालीहरुको समेत उल्लेख्य सहभागिता थियो |
अध्यक्ष्य अर्जुन गौतमको सभापतित्वमा राष्ट्रिय गान बाट शुरु गरिएको छोटो औपचारिक कार्यक्रमको संचालन महासचिव राम गलामी तथा सचिव शिव भण्डारीले संयुक्त रुपमा गरेका थिए | स्वागत मन्तब्य दिएका उपाध्यक्ष केशव भण्डारीले संस्थाबाट नेपालमा भएको सहयोगको चर्चा गरे | कार्यक्रम संयोजक बालजंग अर्यालले सबैको सहयोगले कार्यक्रम सफल पार्न सकिएको बताए | एन आर एन यूकेका अध्यक्ष्य योगेन क्षेत्रीले परोपकारी काममा गुल्मी समाज उदाहरण बन्न सकेको बताए |
बेलायतका लागि कार्य बाहक नेपाली राजदूत तेज बहादुर क्षेत्रीले समाजका कामको प्रसंशा गर्दै, गुल्मेली भेलामा सहभागी हुन पाउँदा खुशी लागेको बताए | त्यसैगरी आफ्नो मन्तब्य दिदै संस्थापक अध्यक्ष ओम प्रसाद थापाले समाजलाई आजको अवस्थामा ल्याउन भूमिका खेल्नु हुने सबैप्रति आभार ब्यक्त गरे | सोहि अवसरमा अर्का उपाध्यक्ष्य बिनोद ज्ञवालीले धन्यबाद मन्तब्य दिदै कार्यक्रममा प्रयोजन गर्ने तथा स्वयं सेवक को रुपमा खटिने हरुलाई प्रसंशा गरे | कार्यक्रममा संस्थाको तर्फबाट सम्मान पाउनेहरुमा स्थानीय निकायबाट स्वयं सेवक अवार्ड पाएका समाजकै रेशम अर्याल, कलाकार द्वय पशुपति शर्मा र जमुना सनम र केही नयाँ आजीवन सदस्यहरु थिए |
औपचारिक कार्यक्रमको समापनमा सभापति अर्जुन गौतमले आजको कार्यक्रम आफैमा भेटघाट, चिनजान, भातृत्व र भाइचाराको भएको बताउदै सबै उपस्थित पाहुना तथा कार्यक्रम सफल पार्न अहोरात्र खट्ने साथीहरुलाई धन्यबाद दिए |
मेडिया संयोजक फडिन्द्र भट्टराई र प्रसुना कंडेलले संचालन गरेको बहु प्रतिक्षित दोश्रो चरणको कार्यक्रममा पशुपति शर्माका गीत र गुल्मेली नौमती बाजा संगको नाच नै प्रमुख आकर्षणमा रहे | स्टेजमा उत्रिना साथ प्रशस्तै चोटिला र रसिला गीतपस्किएका गायक पशुपति शर्माले सयौ दर्शकहरुलाई एकै चोटी नाच मैदानमा उतार्न सफल भएको देखिन्थ्यो | अर्की कलाकार जमुना सनमले नौमतिमा पशुपतिसंग दोहोरी गाउनुका अलावा आफ्नो एकल गायनसमेत प्रस्तुत गरेका थिए |
त्यसैगरी गायकहरु बिबेक श्रेष्ठ, सुजन पराजुली तथा दिपक थापाले घन्काएका गीतमा पनि दर्शकहरु कतै भावुक त कतै रोमाञ्चित थिए | नाच्दा नाच्दै पसिनाले निथ्रुक्कै भिजेका दर्शकहरुको ध्यान कार्यक्रमको निरन्तरता तिरै थियो | बीच बिचमा प्रस्तुत गरिएको नृत्यमा स्थानीय कलाकारहरु रिमा भण्डारी, सुचिता गौतम, सजना भण्डारी, प्रेरणा आचार्य, अनिता भण्डारी, अर्चना गैरे रहेका थिए |
हलभित्र पशुपति शर्माका गीतहरु गुन्जी रहदा बाहिर चौरमा बिबिक्यूको मजा लिँदै कतै डम्फु मादलमा लोक झ्याउरे त कतै नौमतिको बाजाको नाचले नेपालमा लाग्ने राम रमिताको झल्को दिइरहेका थिए | झ्याउरे र नौमतिको संयोजनमा संस्थापक अध्यक्ष ओम प्रसाद थापा आफै थिए | कार्यक्रमकै बिचमा गोकुल भण्डारी, कमला अर्याल, तथा टि. एन रिजालले कविता वाचन गरेका थिए भने उपाध्यक्ष ओम गुरुंगले राफल चिट्ठा संचालन गरेका थिए | अन्त्यमा नौमती बाजाको तालमा नाच्न रमेका दर्शकहरु समापन तिर हेम बिष्टको डिजेमा झुमेका थिए |
आमन्त्रित पाहुनासहित एक हजार भन्दा बढी सहभागी भएको जानकारी कोषाध्यक्ष्य टोप पल्लीले दिएका थिए | कार्य समति, सल्लाहकार तथा आजीवन सदस्यहरु सबै व्यवस्थापनमा खटिएका थिए भने खाना व्यवस्थापनमा कार्यसमितिकै मति पुन , गंगा राना पेय तर्फ र हल व्यवस्थापनमा चक्र बहादुर राना रहेको जानकारी छ | कार्यक्रममा बिभिन्न संग संस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवी तथा प्रतिष्ठित पेशाकर्मीहरुको उल्लेख्य उपस्थिति थियो |
प्रतिक्रिया