पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने सडकमा आज बिहान कारको ठक्करबाट एक बाघको मृत्यु भएको छ ।
हेटौंडाबाट सर्लाही जाँदै गरेको बा. १६ च ८११ नम्बरको कारको ठक्करबाट त्रिभुवन राजपथअन्तर्गत निकुञ्ज क्षेत्रमा पर्ने बाराको पथलैया–अमलेखगञ्ज सडकखण्डको जंगलमा पोथी पाटेबाघको मृत्यु भएको हो ।
टाउकोमा गम्भीर चोट लागेको बाघको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
बाघलाई ठक्कर दिने कारचालकले आफैं फोन गरेर प्रहरीलाई घटनाबारे जानकारी दिएका थिए । कार तीव्र गतिमा रहेको र बाघले सडकपार गर्न खोज्दा घटना भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले पुष्टि गरेका छन् । बाघलाई ठक्कर दिने कारसहित चालक अजय मिश्रलाई निकुञ्जमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया