ओलम्पिक र प्याराओलम्पिक प्रतियोगिता आउँदो गर्मी याममा

ओलम्पिक र प्याराओलम्पिक प्रतियोगिता आउँदो गर्मी याममा


विशेष प्रतिनिधि, जापान

जापानी प्रधानमन्त्री योशिहिदे सुगाले सन् २०२१ मा हुने तय भएको टोकियो ओलम्पिक र प्यारोलाम्पिक आगामी गर्मी याममा हुने बताएका छन्।

यसअघि सन् २०२० का लाही तय भएको टोकियो ओलम्पिक र प्यराओलम्पिक कोभिड-१९ क कारण रोकिएको थियो । प्रधानमन्त्री सुगाले आउँदो गर्मी याममा ओलम्पिक र प्यराओलम्पिक प्रतियोगिता गर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कोभिड-१९ को संक्रमण दर दिनानुदिन बढ्दो क्रममा रहे पनि आगामी जुलाई २३ देखि प्याराओलम्पिक र त्यसको एक महिनापछि टोकियो ओलम्पिक हुने समाचारमा बताइएको छ।

‘आउँदो गर्मीमा जसरी पनि टोकियो ओलम्पिक हुने छ, सबै जना सुरक्षित बस्नुहोस्, ओलम्पिकमा हुने खेलहरु महँगा हुने अनुमान छ’- प्रधानमन्त्री सुगाको भनाइ छ।

जापानमा अहिलेसम्म २ लाख ३९ हजारमा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ भने करिव ३३ सय जनाको कोभिड-१९ का कारण मृत्यु भएको छ।