नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १,८७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर शनिबार थप ४१९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय देशभरका प्रयोगशालामा पाँच हजारको नमूना परीक्षण गर्दा १७४ महिला र २४५ पुरुष गरी ४१९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ । शनिबार काठमाडौं उपत्यकामा १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र तीमध्ये ६८ महिला र ७६ पुरुष छन् ।
शनिबार थपिएका ४१९ सहित नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २,६१,४३८ पुगेको छ । पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ७५० छन् । योसँगै नेपालमा हालसम्म उपचारपछि निको भएर घर फर्किनेकोे सङ्ख्या २,५३,८७५ पुगेको छ ।
यस्तै, नेपालमा कोरोना सङ्क्रमण निको हुने दर ९७.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । बताइएअनुसार देशभर अहिले ५,७११ सक्रिय सङ्क्रमित छन् । तिनीहरुमध्ये ३६७ क्वारेन्टिनमा छन् भने अन्य आइसोलेशनमा छन् ।
मुलुकमा हालसम्म १९,४२,७०२ जनाको पिसिआर परीक्षण भएको छ ।
प्रतिक्रिया