नेकपा दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई उपचारका लागि भारतको मुम्बई लगिएको छ ।
पार्किन्सनको समस्याबाट पीडित सीतालाई गतसाता बुधबारदेखि मेडीसिटी अस्पताल भर्ना गरेर उपचार गराइँदै आएकोमा स्वास्थ्यमा सुधार नआएपछि भारत लगिएको बुझिएको छ । पत्नीलाई थप उपचारका लागि भारत लैजान लागेको बारे दाहालले आइतबारको पार्टी बैठकमा जानकारी गराएका थिए ।
पत्नी सीताको उपचारका लागि छोरीहरुसहित अध्यक्ष दाहाल पनि भारत प्रस्थान गरेका छन्।
प्रतिक्रिया