नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १,८८५ पुग्यो

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १,८८५ पुग्यो



पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १४०, भक्तपुरमा २४ र ललितपुरमा २१ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालभर पछिल्लो २४ घण्टामा थप ४०३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २,६२,२६२ पुगेको छ ।

यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १,८८५ पुगेको छ।

सोमबार ५९४ जना कोरोना संक्रमित डिस्चार्ज भएका र हालसम्म डिस्चार्ज हुनेको संख्या २,५५,८८ पुगेको मन्त्रालयले जनाएको छ।