त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले ५० राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।
विमानस्थलको आन्तरिक उडानतर्फको क्षेत्रबाट लुगर ९ एमएम लेखिएको ५० राउण्ड गोलीसहित झापा मेचीनगर नगरपालिका–२ का २० वर्षीय बद्रि हाङ राईलाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बताइएअनुसार श्री एयरलाइन्सको उडानबाट बद्रि हाङ झापाको भद्रपुर जान लागेका बेला विमानस्थलस्थित आन्तरिक उडानतर्फको एक्सरे यन्त्रबाट जाँच गर्ने क्रममा गोली भेटिएको थियो ।
उनको झोलाभित्र पत्रिकामा पोको पारेको अवस्थामा गोली बरामद गरिएको थियो । उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशालामा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए ।
प्रतिक्रिया