नेपालमा कुल संक्रमित संख्या २,६२,७८४, कोभिडका कारण ज्यान गुमाउने १,८९३ पुगे

नेपालमा कुल संक्रमित संख्या २,६२,७८४, कोभिडका कारण ज्यान गुमाउने १,८९३ पुगे



नेपालमा पछिल्लो २४ घण्टामा ५२२ जना कोरोनासंक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा मंगलबार थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । छ। काठमाडौंमा १७१, भक्तपुरमा ८ र ललितपुरमा ५३ जना कोरोना संक्रमित थपिएका हुन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २,६२,७८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ८ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १,८९३ पुगेको छ।

मंगलबार ५७८ जना कोरोना संक्रमित डिस्चार्ज भएका र हालसम्म डिस्चार्ज हुनेको संख्या २,५५,६६६ पुगेको पनि मन्त्रालयले जनाएको छ ।