स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला १,३०० ले ओरालो लागेको छ । पछिल्ला केही दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा आज भने एकै पटक ठूलो मात्रामा ह्रास देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला ९५,४०० मा बिक्री गर्ने गरी मूल्य निर्धारण गरेको छ । यो बुधबारका तुलनामा १,३०० ले कम हो । छापावाला सुन बुधबार प्रतितोला ९६,७०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन प्रतितोला ९४,९०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोही सुन बुधबार तोलामा रु ९६,२०० मा कारोवार भएको थियो । तेजाबी सुन बुधबारका तुलनामा आज तोलामा नै १,३०० ले घटेको छ । यस्तै चाँदी भने तोलामा १० रुपैयाँले मात्रै ओरालो लागेको छ । प्रतितोला १,३४० मा बुधबार कारोवार भएको चाँदी आज भने १,३३० मूल्य निर्धारण भएको छ ।
प्रतिक्रिया