पछिल्लो २४ घण्टामा नेपालमा ४१२ जना कोरोनासंक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा बिहीबार थप २५१ जना कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा १११ महिला र १४० जना पुरुष रहेका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २,६३,६०५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १,९०३ पुगेको छ।
मन्त्रालयका अनुसार बिहीबार ४८३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २,५६,६४४ पुगेको छ।
हाल देशभर ५,०५८ जना सक्रिय संक्रमित रहेका बताइएको छ ।
प्रतिक्रिया