लण्डन (बेलायत) बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् । करिब डेढ दशकदेखि युके बस्दै आएका केसीले शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका थिए, त्यसपछि केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिको अवस्था भेटिएका हुन् ।
पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिएअनुसार पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी अध्ययनका क्रममा बेलायत पुगेका थिए । केही वर्षअघि नेपाल नै बस्ने गरी फर्किएका केसी पुनः बेलायत नै फर्किएका बताइएको छ ।
लण्डनको मिलहिल स्कूलको क्याटरिङमा काम गर्दै आएका केसी लण्डनको चिरपरिचित गायक थिए । पाँच वर्ष अल्टरसटको नीरमाया दोहोरी साँझमा दोहोरी गायकका रूपमा काम गरेपछि उनले लण्डन सरेर स्कूलमा काम गर्दै आएका थिए ।
आत्महत्याको कारण अझै खुल्न सकेको छैन भने घटनाबारे लण्डन प्रहरीले अनुसन्धान थालेको राससले जनाएको छ ।
प्रतिक्रिया