मातृभूमिका लागि नेपालीद्वारा भब्य र्‍यालीको आयोजना

मातृभूमिका लागि नेपालीद्वारा भब्य र्‍यालीको आयोजना



मातृभूमिका लागि नेपाली उपत्यका समन्वय समितिद्वारा राष्ट्र एकीकरण तथा श्री ५ पृथ्वी जयन्तीको अवसरमा आयोजित कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ । सङ्गठनले राजधानीको भृकुटीमण्डपमा भेला भइ र्‍यालीका रूपमा सिंहदरबारसम्म पुगेर बडामहाराजाधिराज पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेको थियो ।

त्यसअघि भृकुटीमण्डपमा र्‍यालीको शुभारम्भ गर्दै विभिन्न वक्ताहरूले आ-आफ्नो धारणा राखेका थिए । ख्यातिप्राप्त अर्थशास्त्री एवम् नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. तिलक रावलले पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै उहाँको मार्गदर्शनलाई पछ्याउन सके देशको अर्थतन्त्र सबल हुने बताउनुभयो ।

मातृभूमिका लागि नेपालीको वरिष्ठ केन्द्रिय सदस्य डा. रावलले राष्ट्र एकीकरणका महानायकलाई सम्मान नदिनु भनेको आफ्नै राष्ट्रलाई उपेक्षा गर्नु हो भन्नुभयो ।

समारोहमा सङ्गठनका काठमाडौं संयोजक तथा मूल समारोह समितिका संयोजक जुलुमरत्न डङ्गोल, वरिष्ठ केन्द्रिय सदस्यहरू नारायणप्रसाद कोइराला, अरुण कुमार सुवेदी र श्यामसुन्दर शर्मा, सचिव सुभाषप्रसाद पाण्डे र संयोजक देवप्रकाश त्रिपाठीले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

सङ्गठनकी महिला विभाग प्रमुख मञ्जिला शर्माले पृथ्वीनारायण शाहको सम्मान गर्नु भनेको नेपालीले आफैलाई सम्मान गर्नु हो भन्नुभयो । महिला राष्ट्रिय समितिकी संयोजक कमला रिसालले मर्मस्पर्षी राष्ट्रिय गीत गाउनुभएको थियो भने केन्द्रिय सदस्य गोपाल नेपालले मैथिली भाषाको र उज्जवल सिंहले नेपालीमा ब्यङ्ग्य कविता प्रस्तुत गर्नुभएको थियो । काठमाडौं जिल्लाका सह-संयोजक एवम् केन्द्रिय सदस्य दीपक सिंह महर्जनले उक्त समारोहको सञ्चालन गर्नुभएको थियो ।

आयोजित र्‍यालीको नेतृत्व परराष्ट्र विभागका प्रमुख दीपक गजुरेल, युवा विभाग प्रमुख रमेश श्रेष्ठ, खेलकुद विभाग प्रमुख नमराज भण्डारी, महिला विभागकी सदस्य अञ्जु सुवेदी, ललितपुर संयोजक शम्भुमान सिंह, भक्तपुर संयोजक डोवरलाल शिलाकार, केन्द्रिय सदस्य गोमा प्रधान, युवा राष्ट्रिय समितिका संयोजक उज्वल कर्माचार्य, कला-संस्कृति विभाग प्रमुख सुशील देवकोटा, उपप्रमुख वसन्त पोखरेल, केन्द्रिय सदस्य राजेन्द्र रानामगर, केन्द्रिय सदस्य डा. भरत थापा, महिला विभागकी उपप्रमुख साबी घिमिरे, खेलकुद राष्ट्रिय समितिका संयोजक आशीष राना र भक्तपुर समितिका सचिव चुडामणि सञ्जेल तथा समारोह समितिका सहसंयोजक लक्ष्मण तामाङलगायतले गर्नुभएको थियो ।

बडामहाराजाधिराज पृथ्वीनारायण शाहको शालिकमा पुष्पार्पण गरेर कार्यक्रम समापन भएको थियो ।