झापा दमक-३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागीमा जलेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति अचानक आगलागीमा परेर मृत्यु हुनेमा शिविरको सेक्टर नं डि ४, छाप्रा नं ३२५ बस्ने ६० वर्षीय देशमान राई रहेका छन् । मृतक पक्षघातका बिरामी रहेका बताइएको छ ।
बाँसको टाटीले बारेको टिनको छाना भएको एकतले छाप्रामा बस्दै आएका उनको घटनास्थलमै जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त आगलागीबाट छाप्रा नष्ट हुँदा छाप्राभित्र रहेको सुन एक तोला, चाँदी १० तोला, नगद तीन लाखसहित खाद्यान्न तथा लत्ताकपडा पूर्ण रुपमा जली नष्ट हुँदा करिब रु आठ लाख बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया