ग्रिनविच फूटबल प्रत्तियोगिता सम्पन्न

ग्रिनविच फूटबल प्रत्तियोगिता सम्पन्न


photo 1 (2)

photo 2 (2)

photo 3 (3)

photo 4लण्डन – शनिवार, ०९ अगस्त, २०१४को दिन विलविच रोयल अर्टिलरीको फूटबल मैदानहरुमा बहुप्रत्तिक्षित ग्रिनविच फूटबल प्रत्तियोगिता भव्यताको साथ सम्पन्न भएको छ । फूटबल प्रत्तियोगिता नेपाली यूथ एसोएिशन द्वारा सम्पन्न गरिने चौथो श्रृङ्खला थियो । यस प्रत्तियोगितालाई संस्थाका सल्लाहकार श्रीचन्द्र गुरुङले संयोजन गरेका थिए । संस्थाका अध्यक्ष हरि गुरुङ तथा सचिव सचिन श्रेष्ठका अनुसार १७वटा फूटबल टिमहरुको सहभगिता रहने यसपटकको प्रत्तियोगितामा अन्तिम समयमा आएर १३वटा टिमहरुको सहभागिता रहेको थियो तथा यस वर्षदेखि भालिबल प्रत्तियोगितापनि सोहि अवसरमा समावेश गरिएको थियो । विभिन्न संघसंस्थाबाट अमान्त्रित गरि आएका फूटबल प्रत्तियोगिता कार्यक्रमका प्रमुख अतिथि एनआरएनए यूकेका अध्यक्ष महेन्द्र कण्डेल तथा विशेष अतिथिमा साफा डिभिजनल सेक्र्रेटरी प्रमुख अतिथि रहेका थिए । भालिबल प्रत्तियोगितामा चारवटा टिमहरुको सहभागिता रहेको थियो । फाईनलमा ग्रिनविच फोरम तथा लण्डन भालिबल टिमको बिच कडा प्रत्तिस्पर्धा भएको थियो । प्रत्तियोगिताको रेफरी विनोद ज्ञवाली थिए । भालिबल फाईनलमा नेपाल फोरम ग्रिनविच विजयी भएको थियो । भालिबलको फाईनल प्रत्तियोगिता पछि फूटबलको फाईनल प्रत्तियोगिता सम्पन्न भएको थियो । फूटबल प्रत्तियोगिताका रेफरीहरु क्रमशः रुद्र गुरुङ, बेन्जामिन थमसन, मनी लमिनी तथा म्याथिउ न्यूरो थिए । यस पटक मंगोलियन भान्जाज र ब्रिटिश ब्वाईज फोईनलमा पुगेको थियो । फाईनल खेल निर्धारित समयसम्म गोल रहित रहेपछि पेनाल्टिकिकबाट विजयी टिम घोषना गरेको थियो । यस पटकको ट्राफि मंगोलियन भान्जाजले आफ्नो पोल्टामा पार्न सफल भयो । यस कार्यक्रमका प्रायोजकहरुमा महेन्द्र कण्डेल, जेरी आमर््स्टोङ, जेसन लेबेल, विनोद ज्ञवाली, कर्णशाही, एभेरेष्ट ईनका यादव भण्डारी, पाचापुचा यूकेका चित्रबहादुर श्रेष्ठ, दिपक श्रेष्ठ, मनिष श्रेष्ठ, मेजर जेरी पोर्टर, अनिल तिवारी, एमरेष्ट स्टोर प्लमस्टिड आदि थिए । फूटबल प्रत्तियोगिता टिमका विजेता टिमललाई स्वर्णपदक सहित १५०० पाउण्ड क्यासराशी, ट्राफी तथा रनर्सअप टिमलाई ५०० पाउण्ड कयासराशी सहित ट्राफी र मेडलहरु प्रदान गरेको थियो । भालिबलटिमको विजेतालाई २०० पाउण्ड र रनर्सअप टिमलाई डिपोजिट फिर्ता दिएको थियो । प्रत्तियोगिता अन्तमा प्रायोजकहरुबाट विजयी टिमहरु तथा उत्कृष्ट खिलाडीहरुलाई प्रायोजकहरुको तर्फबाट पुरस्कार वितरण गरिएको थियो । यस प्रत्तियोगितामा पाहुनाहरुको लागि बिबिक्यूको आयोजना रहेको थियो । दक्षिणपूर्व क्षत्रीय तमुधिं लण्डनका आमासमूहबाट कार्यक्रमको लागि नास्तापानीको व्यवस्था गरिएको थियो ।