तेह्र महिनापछि आकाशमा विशाल चन्द्रमा

तेह्र महिनापछि आकाशमा विशाल चन्द्रमा


supermoon in Phoenixलण्डन । अहिले संसारभर, चन्द्रमा हेर्नेहरुको चहलपहल छ, जसका उदाहरणह्ररु विभिन्न सामाजिक संजालहरुमा देखिँदै गएको छ । नासाका अनुसार, हरेक तीस महिना अनि अठारह दिनपछि आकाशमा सदाको भन्दा चौदह प्रतिशतले ठूलो र तीस प्रतिशतले चहकिलो चन्द्रमा उदाउने गर्दछ । सुपर मूनको संज्ञा दिइएको सो चन्द्रमा गत जुलाई महिनाको बाश्र तारिख पनि देखिएको थियो भने आगामी सेप्टेम्बरको नौ तारिख पनि देखिने छ, तर सफा र राम्रो आकाश भएको समयमा यसरी देखिन मुश्किल पर्ने यो खालको चन्द्रमा भने आउँदो बुधकारसम्म देखिने छ, तयसको चर्को रुप भने मंगलबार रात देखिने जनाइएको छ ।
हरेक एक सय तेत्तिस वर्षमा आकाशगंगामा कोमेटहरुको चहलपहल हुन्छ, जसले ठूलो परिमाणमा आकाशगंगाभरि धूलोहरु फैलाउने गर्दछ । कोमेटहरुको हलचल धेरै द्रूत गतिमा हुन्छ, अर्थात् बताइएअनुसार, १४०,००० माइल प्रति घण्टाको दरमा हुत्तिने सो कोमेटहरुले छाड्ने धूलोको घर्षणले सोलार सिस्टममा प्रकाशमय लहरहरु पैदा गर्दछ जसलाई पर्सिड्स भनिन्छ, त्यसैको लेपजस्तोले आकाशमा चन्द्रमालाई यतिखेर ज्यादा ठूलो र चम्किलो देखाएको हुन्छ ।
Spain Supermoon

APTOPIX Macedonia Supermoon

article-1367956-0B40318800000578-693_636x442
Pictures source from Net