नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २,६७,०५६

नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २,६७,०५६


पछिल्लो २४ घण्टामा नेपालमा थप २४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ३,८१९ जनाको स्वास्थ्य परीक्षण गर्दा ८७ महिला र १५३ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ, जसमा ४२ महिला र ८९ पुरुष रहेका छन् ।

यससँगै शनिबारसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २,६७,०५६ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ६ जनाले ज्यान गुमाएका र हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १,९५४ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो समय थप ४७७ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या २,६१,०४४ पुगेको छ । जसमा निको हुने दर ९७.८ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

अहिले देशभर चार हजार ५४ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये २३१ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य आइसोलेसनमा रहेका छन् । हालसम्म २०,०८,९४४ को पिसिआर परीक्षण भएको छ ।