ग्रेटर रसमुर नेपाली कम्युनिटिकाे ११अाै साधारण सभा

ग्रेटर रसमुर नेपाली कम्युनिटिकाे ११अाै साधारण सभा


photo-535x400फानबराे/ फानबराे, अल्डरशट क्षेत्रमा बसाेबास गर्ने नेपालीहरूले सन् २००३ मा स्थापना गरेकाे यस क्षत्रकै पहिलाे नेपाली संस्थाले अाज अाफ्नाे ११अाै साधारण सभा संपन्न गरेकाे छ । कम्युनिटिका अध्यक्ष मे. रिटायर्ड टिकेन्द्र देवानकाे अध्यक्षतामा संपन्न सभाकाे संचालन महासचिव राेहीत गुरूङले संचालन गरेका थिए भने स्वागत उपाध्यक्ष अाेम थापाले गरेका थिए ।
विभिन्न किसिमका प्रतिवेदन संवन्धित पदाधिकारीद्वारा प्रस्तुत गरेपछि विशेष छलफल विधान संसाेधन मा गरीएकाे थियाे । संसाेधित विधानमा तीन उपाध्यक्षमध्य एक स्थान महिलाका लागि सुरक्षित गरिएकाे छ । बांकी दुई स्थान खुल्ला निर्वाचनद्वारा मनाेनयन गरिनेछ । अर्काे महत्वपूर्ण संसाेधनमा नयाँ कार्यसमितिकाे कार्यकाल अबउप्रान्त ३ बर्षकाे हुनेेछ ।
२००३मा स्थापना भए पनि २०११ सम्म खासै उपलब्धि केही नगरेकाे यस रसमुरबराेमा याे कम्युनिटिले नेपालीहरूकाे समस्या, सुविधा, संस्कृति र मेलमिलापकाे बारेमा निकै महत्वपूर्ण प्रयास काउन्सिलसंग गरेकाे छ ।

:: -यसै साधारण सभाको विषयमा संस्थाको महासचिव रोहित गुरुंगले मिडियाहरुमा प्रेषित गरेका व्यहोरा जस्ताको त्यस्तै तल राखिएको छ ।

जी आर एन सी को एघारौ बार्षिक साधारण सभा को मिनट्स प्रस्तुत गरेको छु।
1. ग्रेटर रस्मुर नेपाली कम्युनिटी का अध्यक्ष मेजर ( रि) टिकेन्द्र दल देवान ले कार्यक्रम को सभपतित्व गर्नु हुँदै सम्पुर्ण उपस्थित् सदस्य , सल्लाह्कर , भद्र महिला तथा पुरुषहरू लाई बिशेष ब्यस्ततामा समय मिलाएर आउनु हुने आगन्तुकहरू लाई धन्यवाद दिनु भयो र स्वागत गर्नु भयो।
2. आजको एजेन्ड हरू को सुची भन्दा पहिले जी आर एन सी का उपाध्यक्ष् ओम थापा ले एन आर एन यू का अध्यक्ष श्री योगेन छेत्री , सद्स्यहरू , बिभिन्न संगठनहरू को प्रतिनिधि र उपस्थित् सम्पुर्ण महानुभाव्लाई स्वागत गर्नु भयो।
3. कार्यक्रम को सन्चालन गर्दै महासचिव श्री रोहित गुरुङ् ले एजेन्डI हरू पढेर सुनाउनु भयो। कार्यक्रम्मा सम्पुर्ण सहभागी हुनुं हुँदै महासचीv को प्रतिवेदन सुन्नु भयो। प्रतिवेदन मा खास गरि रस्मुर को एक साझा संस्था को बिकास मा सबै नेपाली संगठन हरू ले सहयोग गरेमा जी आर एन सी को बिशेष सम्बन्ध रस्मूर बोरो काउन्सिल , ह्हेम्प्शियर काउन्टी काउन्सिल , रस्मुर भोलेन्टरी सर्विसेज , सिटिजेन एड्भाइस ब्युरो, गोर्खा वेल्फेयर ट्रस्ट , स्थानिय ब्यापरी बर्ग , एन आर एन यु के एवम् बिभिन्न धार्मिक संस्था को परामर्श ले आफ्नो कार्यसैली बिकास गरेको छ । जी आर एन सी ले स्थानिय निकाय बाट आप्सी आर्थीक स्रोत जुटाउने हर पहल र स्थानिय रोज्गार का अवसरहरू जस्ता नितान्त आवस्यक कामहरू मा पहल गरेको छ। रस्मूर वरीपरि को बातावरण संरक्षण गर्न कोव खोलेशो मा लगातर १० बर्ष देखि सफा गर्दै आएका छौ। त्यस्तै अल्डर्शोट मा भिक्टोरिआ डे मा झाकी प्रदर्शन् गरिएको छ। बिभिन्न मृत्‍यु संस्कार मा चन्दा जुटाइ सहयोग गर्ने गरिएको छ। जी आर एन सी ले एन्टर्प्राइज भन्ने ब्यापारिक संस्था सँग सहकार्य गरि युवा हरू लाई तालिम दिने , सी भी लेख्ने , तालिम का लागि कक्ष कोठा को गरिदिने ब्यबस्था गर्ने भएको छ। कार्यकारी सदस्य श्रीमती रन्जिता मल्ल ले अनवरत तीन महिने नेपाली कक्ष्I मा २५ जना साना नानि हरू लाई पढाउनु भ आइ सहरै प्रसन्शनिय कार्य गर्नु भएको छ। उक्त नेपाली कक्ष्I को लागी श्री सन्तोष गुरुङ् ले २५० पाउन्ड नेपाली चलचित्र फिट्किरे प्रदर्शन् गरि सहयोग गर्नु भएको छ। सामाजिक कार्य मा ब्रेअस्ट क्यान्सर वाक , फ्रिमले होस्पिटल को सहयोग का लागि नयाँ युवा , तमु धी , एवम् जी आर एन सी ले १० के रोन मा भाग लिएको छ र स्थानिय फ्रिमले अस्पताल लाई चन्दा रकम् हस्तन्तरण गरियो। चोरी समबन्ध मा प्रहरी निकाय सँग बराबर सम्बन्ध राखी निर्बाध रुपमा सुर क्षा क लागि पहल गरिएको छ। आगे, घरमा चोरी बाट बच्न, गर्गहना को सुरक्षा एवम् प्रह्री लाई अपरेसन डेटोना भने मात्र पनि चोर् हरू लाई कार्वही गर्न प्रहरी अगाडी आउने कुरा यहाँहरू लाई थाहा नै छ। येस बारे अध्यक्ष मेजर देवान ले प्रहरी को रिपोर्ट र नेबोर्हूड वाच को बारे मा धेरै पटक कुरा भएको छ।
हाम्रो भूमिका का लागि मिडिया क्षेत्र ज्यादै प्रभव्कारी हुने हुँदा बि जी डब्ल्यु एस रेडियो , एभरेष्ट टाईम्स र हाम्रो आफ्नो वेबसाईट को पनि भूमिका अहम् छ। स्थानिय मिडिया हरू लाई हा मी ले अधार भुत बातावरण दिनु पर्छ।
4. कोषाधक्ष को रिपोर्ट : श्री राम धन् राई ले आया ब्या को रिपोर्ट पेश गर्नु हुँदै खाटा मा करिब ३,००० पाउन्ड को बचत छा तर केही रकम् बुझाउनुहुने सदस्य हरू ले एवम् बिज्ञापन को रकम् तुरुन्त बुझाउन आव्हान गर्नु भयो। साथै बिगत्मा हेल्प नेपIल् लाई ३५०।०० पाउन्ड को सहयोग , एल्डर क्राफ्ट लाई ५६।०० पाउन्ड , स्वर्गीय लछी माया लिम्बू लाई २२०।०० पाउन्ड र अन्तरराष्ट्रिय टे-क्वोन्डो प्रतियोगिता लाई २०५Ioo पाउन्ड को सहयोग मृतसदस्यहरू र सल्लाह्कार ज्यु को मद्त ले सम्पन्न गरेका छौ।
5. बिधान को सामान्य सन्सोधन साधारण सभा मा अध्यक्ष श्री देवान ले राख्नु भएको प्रस्ताव्मा मेम्बर्शिप ड्राइव जरुरी रहेको बताउनु भयो। बिधान को मस्यौदा जस्मा एक्लो आजिवन सदस्य को १५ पाउन्ड र परिवारिक सदस्य को २५ पाउन्ड कायम गरिएको छ।धारा चार को बि मा भाइस प्रेसिडेन्ट मा तीन जना मध्ये एक जना महिला प्रतिनिधित्व हुने गरि ब्यबस्था गरियो।
धारा ४ को क मा ब्यवस्था भए अनुसार् कार्यभार तीन बर्ष को अवधि गरायीको छ।
यो निर्णय सर्वसम्मती ले पास् गरियो।
6. अध्यक्ष को भाषण : अध्यक्ष टिकेन्द्र देवान ले कार्य कालको परिस्थिति लाई सबै सदस्यको सहयोग र सहमति ले समाज को प्रगति हुन सक्ने र स्थानिय सम्बन्धित निकाएए हरू सँग सहयोग को आशा राख्न सकिने बताउनु भयो। समय मा मीटिङ बस्ने र कौतुहल लागेको प्रश्न हरू आफूले सधैव जिम्मेवार रहेको आनि बताउनु भयो। अध्यक्ष ले नव युवा को कार्यक्रम को सह्रना गर्दै हामीले विक्तोरिआ डे र नेपाली नयाँ बर्ष २०७२ अर्को बर्ष अप्रिल को ११ तारिख मनाउने निर्णय गरियो I
7. जी आर एन सी विमेन्स फोरम रिपोर्ट : उपाध्यक्ष श्रीमती पुष्पा गुरुङ् ले विमेन्स फोरम मा गठन भएको उध्येश्य र आफ्नो क्षेत्रको बिकाश को बारे मा सबै सदस्य लाई बताउनु भयो। अहिले दुई वटा मीटिङ बसिसकेको र अब आउने मीटिङ ले नेपाली क्लास को लागि स्वयम्सेवक हरू को ब्यबस्था गरिने पनि जानकारि गराउनु भयो।
8. नेपाली कक्षा को सन्चालन : कार्यकारी सदस्य श्रीमती रन्जिता मल्ल ले आफू लाई सहयोग आवस्यक परेको मा सल्लाह्कार भिम छेत्री ले सहयोग गर्नु हुने र आफूलाई विमेन्स फोरुम को सहयोग को अपेक्षा ले सन्चालन हुने निर्णय गरियो।
9. कIर्यकारी सदस्य श्रीमती छबि पुन ले आगामी कार्यक्रम् लाई अली ब्यबस्थित गरि लैजाने कुरामा महासचिव को सल्लाह अनुसार् लिखित सुचना र निवेदन को आधार मा कलाकार नानि हरूको अभ्यास लाई अगाडि बढाइने कुरा बताईयो। संस्क्रिती सम्बन्ध मा थप् तालिम हरू को ब्यबस्था पनि गरिने जानकारि वहाँ ले दिनु भयो।
10. एम आर पी पास्पोर्ट सम्बन्धी ब्यबस्था यहाँ रस्मूर मा गर्न जरुरी देखिएको ले VP ओम थापा र कोशाधक्ष श्री राम धन् राई को सन्योजक्वत्वमा नेपIल् एम्बेस्सी सँग संपर्क राख्ने।
11. रस्मूर बोरो काउन्सिल कम्युनिटी डेपार्ट्मेन्ट का लुइज वेबर सँग ८ सेप्टेम्बर साँझ बैठक बस्ने निर्णय गरियो। इच्छुक सदस्यहरू ले नाम् दिनु होला।
12. अन्य एजेन्डा
क ) वरिष्ठ नागरिक एवम् पेन्सनेरको लागि कार्यक्रम विमेन्स फोरम ले राख्ने छ ।
ख) उपस्थित् सदस्य हरू लाई आजिवन सदस्य को प्रमाण- पत्र अध्यक्ष श्री देवान ले बाड्नु भयो।
ग) जीनरजी ( Gnergy) ग्यास र बिजुली को ग्राहक बनी हाम्रो संस्था लाई हुने फाईदा को बारे मा छलफल गरियो। रेडियो बि जी डबल्यु एस् रेडीयो नेपाली समाज को लागि भएकोले हाम्रो सहयोग हुने निर्णय गरियो ।
घ) तमु धी एसोसिएसन यू के ले आयोज् ना गर्ने नेपाली मेला मा भाग लिन अगस्ट २४ ,२०१४ मा हुने भएको ले तमु धी यु के मेला संयोजक एवम् उपाध्यक्ष श्री ज्ञाम गुरुङ् ले लेख्नु भएको पत्र यसै साथ् पेश गरेको छू।
Venue: Kempton Park Race Course Staines Road East
Sunbury thames Middlesex London TW16 5AQ
Date: Sunday 24 August 2014
सभा को अन्त्य मा अध्यक्ष श्री देवान ले उपस्थित सबैलाई धन्यबाद् दिदै साधारण सभाको बैठक को समापन को घोषणा गर्नु भयो I
धन्यबाद !

रोहित कुमार गुरुङ
महसचिव
जी आर एन सी