सिङ्गो परिवार एचआइभी एड्सको चपेटमा, किशोरीको मृत्यु

सिङ्गो परिवार एचआइभी एड्सको चपेटमा, किशोरीको मृत्यु



सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ ।

राजविराज नगरपालिका-१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले जानकारी दिए ।

एचआइभी एड्सको लक्षण देखिएका किशोरीलाई स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि दुई साताअघि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । नौ वर्षअघि एचआइभी एड्सबाट बाबुआमा गुमाएकी छोरीको समेत सोही कारणले मृत्यु भएको अस्पतालले जनाएको छ ।

मेडिकल सुपरिटेन्डेन्ट झाका अनुसार विसं २०६८ वैशाख १ गते एचआइभी एड्सबाट आमाको मृत्यु भएको तीन दिनपछि बुबाको समेत सोही कारणले मृत्यु भएको थियो । मृतक अमैयाका १२ वर्षीय भाइसमेत एचआइभी एड्सबाट पीडित भएको र नियमित औषधि खाने गरेको पारिवारिक स्रोतलाई उद्धृत गर्दै राससले जनाएको छ ।