नेपाल भित्रियो कोरोनाको नयाँ प्रजाति
नेपालमा पछिल्लो २४ घण्टामा थप ३२२ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार काठमाडौं उपत्यकामा थप १६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४१, भक्तपुरमा ७ र ललितपुरमा १५ जना कोरोना संक्रमित थपिएका हुन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २,६७,६४४ पुगेको छ ।
यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १,९६५ पुगेको छ।
मन्त्रालयका अनुसार सोमबार ३७४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या २,६१,८१८ पुगेको छ ।
यसैबीच स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा नयाँ प्रकारको कोरोना भाइरस भित्रिएको पुष्टि गरेको छ । कोरोनाको नयाँ प्रजातिको उदगमस्थल बेलायतबाट केही दिनअघि नेपाल आएका ६ जनामध्ये तीन जनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण देखिएको बताइएको छ ।
प्रतिक्रिया