नेपालमा पछिल्लो २४ घण्टामा ३४८ जना कोरोनासंक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १५९, भक्तपुरमा २७ र ललितपुरमा ३२ जना कोरोना संक्रमित थपिएका हुन्।
यससँगै देशभर संक्रमितको कुल संख्या २,६७९९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १,९६९ पुगेको छ।
यस्तै, मंगलबार ४४१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २,६२,२५९ पुगेको छ । हाल देशभर ३,७६४ सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया