नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई हजार नाघ्यो

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई हजार नाघ्यो


नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २,६९,४५० पुगेको छ । पछिल्लो २४ घण्टामा २७० जना संक्रमित थपिएपछि कुल संख्या करिव दुई लाख सत्तरी हजारनजिक पुगेको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताइएको छ। काठमाडौंमा १०३, भक्तपुरमा ५ र ललितपुरमा २५ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २,००१ पुगेको छ ।

मन्त्रालयका अनुसार आइतबार ४०३ जना संक्रमित डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या २,६४,१३७ पुगेको छ।