नेपालमा कोरोना संक्रमितको कुल संख्या २,७०,३७५ पुग्यो

नेपालमा कोरोना संक्रमितको कुल संख्या २,७०,३७५ पुग्यो


पछिल्लो २४ घण्टामा नेपालमा थप २८३ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा बुधबार थप १४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १२२, भक्तपुरमा ९ र ललितपुरमा १४ जना संक्रमित थपिएका हुन् ।

यससँगै देशभर संक्रमितको कुल संख्या २,७०,३७५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २,०२० पुगेको छ।

बुधबार २४६ जना कोरोना संक्रमित डिस्चार्ज भएका र हालसम्म डिस्चार्ज हुनेको संख्या २,६५,०६९ पुगेको मन्त्रालयले जनाएको छ।