डम्बर निदाल, डडेल्धुरा
नेपाल तरुण दल डडेल्धुराले बझाङमा भएको घटनामा संलग्न अभियुक्तहरूलाई कारवाहीको माग गरेको छ ।
बझाङ जिल्लाको छबिस पाथिभेरा गाउँपालिकाका नेपाल तरुण दलका इकाई समितिका उपाध्यक्ष अमृत सिंहको हत्या गर्नेहरुमाथि कडाभन्दा कडा कारवाही गर्न नेपाल तरुण दल डडेल्धुराले माग गरेको छ ।
छविस पाथीभेरा–३ स्थित बान्नीचौर माविको विद्यालय व्यवस्थापन समितिको निर्वाचनपश्चात नेकपा पुष्पकमल दाहल (प्रचण्ड) समुहका कार्यकर्ता बर्तमान सरकार सोही गाउँपालिका वडानं.३ का अध्यक्ष विकास ऐडीसहित चार जनाको नेतृत्वमा सिंहको विभत्स हत्या गरेको नेपाल तरुण दल डडेल्धुराका अध्यक्ष शेरबहादुर साउदद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसरी सरकार पक्षबाट मानिसको स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकारमाथि धावा बोलिएको छ । यस्ता अपराधिक क्रियाकलापमा संलग्न दोषीउपर कडाभन्दा कडा कारवाहीको माग गर्दै घटनाको घोर भत्सर्ना समेत गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिको चुनावमा आफ्नो हार भएपछि वडा नम्बर ३ का वडा अध्यक्षको मोटरसाइकल लिएर गएका केही व्यक्तिले खुँडा प्रहार गरी नेपाल तरुण दल छविस पाथीभेरा गाउँपालिकाका नेपाल तरुण दल इकाई समितिका उपाध्यक्ष सिंहको माघ १३ गते राति हत्या गरेका थिए ।
प्रतिक्रिया