जापानमा पनि फैलिँदैछ कोरोनाको नयाँ भेरियन्ट

जापानमा पनि फैलिँदैछ कोरोनाको नयाँ भेरियन्ट


विषेश प्रतिनिधि, टोकियो (जापान)

जापानमा अहिले कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढिरहेको छ भने अर्कोतर्फ कोरोनाको नयाँ भेरियन्ट फैलिरहेको छ ।

बिहीबार एकैदिन जापानमा अहिलेसम्मकै धेरै ११३ संक्रमितको मृत्यु भएको छ । राजधानी टोकियोमा मात्र २० जना संक्रमितले ज्यान गुमाएका छन् । योसँगै जापानमा कोरोना भाइरसको संक्रमणबाट ५,५०१ जनाको मृत्यु भएको छ ।

बिहीबार जापानमा थप ४,१३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी १०६४ संक्रमित टोकियोमा भेटिएका हुन् । यो विवरण संगै जापानभरमा संक्रमितको कुल संख्या ३,८१,१३८ पुगेको छ । हालसम्म संक्रमित मध्ये ३,१५,०९३ जनाले कोरोना संक्रमणलाई जितेका छन् ।

त्यसैगरी जापानमा नयाँ भेरियन्टबाट संक्रमण पुष्टि भएकाको संख्या ५६ पुगेको छ ।