कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न

कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न


आइएमई जनरल इन्स्योरेन्स लिमिटेडद्वारा यही माघ ११ देखि १४ गतेसम्म कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न गरिएको छ ।

बीमा समितिबाट गत मंसिर १५ गते जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम सो तालिम सम्पन्न गरिएको हो ।

उक्त तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरु बीच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुको बीचमा राम्रो भूमिका खेली सेतुको रुपमा काम गर्ने अपेक्षा सो कम्पनीले लिएको छ ।

उक्त तालिममा देश भरका ८० जना व्यक्तिहरुको उत्सहाजनक सहभागिता रहेको थियो ।

यसबाट बीमा समितिले निर्देश गरेबमोजिम कृषि तथा पशुपन्छी बीमामा उल्लेख रुपमा वृद्धि भई ग्राहकहरुले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको छ ।