नेपालमा पछिल्लो २४ घण्टामा थप १५७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ३,२२१ जनाको स्वास्थ्य परीक्षण गर्दा ५९ महिला र ९८ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
यसअनुसार शुक्रबारसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २,७०,७४५ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर थप पाँच जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २,०२५ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो समय थप ३३३ निको भएका छन् भने निको हुनेको कुल सङ्ख्या २,६५,६९८ पुगेको छ ।
अहिले देशभर तीन हजार २२ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये १११ जना क्वारेन्टिनमा रहेका छन् । एक हजार २४९ जना होम आइसोलेसनमा छन् भने १४७ जनाको आकस्मिक र २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हालसम्म २० लाख ६४ हजार ८१ को पिसिआर परीक्षण भएको छ ।
प्रतिक्रिया