नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनीतिलाई थप प्रभावकारी बनाउन नयाँ कर्जा सुविधाहरू सार्वजनिक गरेको छ ।
बैंकले नयाँ कर्जा सुविधाअन्तर्गतt ‘Garima Easy SME Loan’ & ‘Garima Easy Home Loan’ सार्वजानिक गरेको हो ।
बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘हाल विश्वमा आएको महामारी कोभिड १९ का कारण विश्व अर्थतन्त्र शिथिल भएको बेलामा हाम्रो देश पनि यसबाट टाढा रहन सकेन । यस विषम परिस्थितिमा बढ्दो बेरोजगार तथा उघमीहरुको उद्यमशीलतामा समेत ह्रास आएको बेलामा उद्यमीहरूलाई सरल र सहज तवरबाट कम ब्याजदरमा कर्जा सुविधा दिएर लगानीको वातावरण सृजना तथा उद्यमशीलताको विकाससँगै रोजगार सृजनामा ठुलो टेवा पुगोस् भनी बजारमा थप आक्रामक तवरबाट बजार विस्तार गर्न गरिमा विकास बैंकले ग्राहकमैत्री कर्जा सुविधाहरू लिएर आएको छ ।’
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालका अनुसार दुवै कर्जा सुविधाहरू ८.८८ प्रतिशत ब्याज दरमा उपलब्ध भएको र धितो मुल्यांकनको शत प्रतिशत ‘Garima Easy SME Loan’ मा लगानी गर्न सकिने छ भने कर्जाको प्रकृति हेरी लागतको शतप्रतिशत सम्म ‘Garima Easy Home Loan’ मा कर्जा प्रवाह गर्न सकिने छ । साथै अन्य बैंक तथा वित्तिय संस्थाबाट निःशुल्क कर्जा सार्न सकिने र दुवै कर्जाको सेवा शुल्कमा पनि ५० प्रतिशतसम्म छुट सुविधा पाउन सक्नेछन् ।
प्रतिक्रिया