एल.जी. AI DDTM (Artificial Intelligence Direct Drive) Motor भएको वासिङ मेसिन नेपाली बजारमा आएको छ । यस वासिङ मेसिनमा AI DDTM जस्ता लेटेस्ट प्रविधि रहेको जानकारी दिँदै कम्पनीले कपडाको तौल अनि कोमलता, नाजुकता जस्ता विशेषताहरू यसले पत्ता लगाउने र कपडाको धुने प्रदर्शन बढाउनुका साथै कपडाको गुणस्तर १८ प्रतिशतले जोगाउने दाबी गरेको छ ।
AI DDTM वासिङ मेसिनले Big Data with Deep Learning उपयोग गरेर कपडाहरु अत्याधुनिक तरिकाले धुन्छ । यस वासिङ मेसिनमा steam+TM प्रविधि रहेको छ जसले कपडाको हरेक रेसा रेसा भित्र पसेर ९९.९ प्रतिशत किटाणु नष्ट गर्छ र Hygienic wash दिनुका साथै ३० प्रतिशत कपडाहरुलाई खुम्चिनबाट बचाउँछ ।
कम्पनीले जनाएअनुसार Turbo WashTM 360° र 4 high Speed Spray Nozzle with Inverter pump Technology रहेको यस मेसिनले उच्च र कम गति आवश्यकता अनुसार पानीका फोहोरा फाल्छ र ३९ मिनेटमा wash cycle पुरा गर्दछ जसले विजुली र समयको बचत गर्छ ।
यसमा Misaligned १०० प्रतिशत Stainless Steel Lifter छ जसले गर्दा कपडामा रहेको किटाणु नष्ट गरी हाईजेनिक र कपडा गनाउन दिँदैन । यसमा Temper Glass Door छ जसमा स्क्राच नलाग्ने स्थायित्व प्रतिरोधि हुनुका साथ साथै Elegant Design, Wash Cycle छनोट गर्ने आकर्षक metalic Knob र Big LED Display रहेको छ ।
कम्पन सेन्सर, सुधारिएको ड्याम्पर तौल ब्यालेन्सरको मदतले रिन्ज र स्पिनको बेलामा मेसिनलाई स्थिर, लो-नोइज र कम्पनमुक्त गर्दछ ।
नेपालमा एल.जी. ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सि.जि. इम्पेक्स प्रा.लि. रहेको छ ।
प्रतिक्रिया