दक्षिण फिलिपिन्समा ६.३ म्यानिच्युडको भूकम्प

दक्षिण फिलिपिन्समा ६.३ म्यानिच्युडको भूकम्प



फिलिपिन्सको दक्षिणी भागमा पर्ने दाभाओ डेल सुर प्रान्तमा आज ६.३ म्याग्नीच्युडको भूकम्प गएको फिलिपिन्सको भूगर्भ विभागले जानकारी दिएको छ । स्थानीय समयानुसार आइतबार १२ः२२ दिउँसो उक्त भूकम्प गएको बताइएको छ ।

बताइएअनुसार माग्सेसे शहरबाट ६ किलोमिटर दक्षिणपश्चिममा १५ किलोमिटरको गहिराईमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको छ ।

उक्त भूकम्पको कम्पन कोटाबाटो प्रान्तको कादापावान शहर र कोरोनादाल सहरमा पनि महसूस गरिएको समाचारमा जनाइएको छ । यस भूकम्पबाट मानवीय र भौतिक क्षतिको हालसम्म कुनै समाचार प्राप्त भएको छैन । फिलिपिन्समा भूकम्पको प्रकोपले बारम्बार सताएको पाइन्छ ।