नेपालमा सोमबार थप १३० जनामा कोरोना संक्रमण देखिएको छ । गत २४ घण्टामा ३,३३३ जनाको पीसीआर परीक्षण गर्दा १३० जना संक्रमित पाइएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कोरोनासंक्रमितको कुल संख्या २,७२,०५५ पुगेको छ।
गत २४ घण्टामा थप ७ जना संक्रमितको मृत्यु भएको र हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २,०४५ पुगेको मन्त्रालयले जनाएको छ।
सोमबार १९४ जना कोरोना संक्रमित डिस्चार्ज भएका र हालसम्म डिस्चार्ज हुनेको संख्या २,६८,२६६ पुगेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया