अत्यधिक ठूलो बाढी–पहिराका कारण मोरक्कोमा कम्तीामा २४ जनाको मृत्यु भएको छ । देशको उत्तरतर्फ पर्ने तान्गीरमा सोमबार आएको बाढीमा परेर उनीहरूको मृत्यु भएको त्यहाँका अधिकारीहरूले जनाएका छन् ।
घटनास्थलबाट उद्धारकर्मीहरूले अरु १० जनलाई उद्धार गरेर स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरेका बताइएको छ ।
घटनास्थलमा खोजी तथा उद्धारका प्रयासहरू जारी रहेको छ । घटनामा कमदारहरू पनि परेको र उनीहरूको सङ्ख्या यकिन हुन नसकेको अधिकारीहरूको भनाइ छ ।
प्रतिक्रिया